सुनजस्तै देखिने पहेँलो धातुसहित पाँच बंगलादेशी पक्राउ

काठमाडौं - सुन जस्तै देखिने पहेँलो धातुका बिष्कुट आकारका वस्तु, चेनरोल, औठी र चुरासहित ५ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार दिउँसो पक्राउ गरिएको हो । तिनले अवैध रुपमा लुकाई–छिपाई लैजान लागेको १ हजार ३ सय ११ ग्राम सामाग्री लग्दै थिए ।
हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका थिए । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनीहरुको साथबाट अवैध सामाग्री फेला परेको हो ।
नेपाल प्रहरीका अनुसार, बंगलादेशी नागरिकहरु राहदानी नम्बर ए ०१२४१४६९ बाहक ३० वर्षीय तौहिदुल तनविर, राहदानी नम्बर बीक्यू ०३९३२८८ बाहक ३० वर्षीय एमडि युनुस अलि, राहदानी नम्बर बीटी ०६९३५९९ बाहक ५० वर्षीय सोभान तालुकदार, राहदानी नम्बर ए ००१००८८५ बाहक २५ वर्षीय जाहिदुल ईस्लाम र राहदानी नम्बर इबी ००५२३४७ बाहक ३७ वर्षीय एमडि मिराजुल ईस्लाम पक्राऊ परेका हुन् ।
पक्राउमध्ये तौहिदुलको साथबाट २ सय १६ ग्राम, युनुसको साथबाट २ सय ३३ ग्राम, सोभानको साथबाट १ सय ग्राम, जाहिलदुलको साथबाट ३ सय ३२ ग्राम र मिराजुलको साथबाट ४ सय ३० ग्राम सुन जस्तो धातु बरामद भएको हो । उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया