नाइजेरियामा बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु

लागोस- नाइजेरियाको उत्तरपूर्वी बाउची राज्यमा आइतबार तीव्र गतिमा गुडेको बस र ट्रकमा आपसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।
कानो–जामारे राजमार्गको बम्बल गाउँमा साँझ ७ बजे उक्त दुर्घटना भएको हो ।
बसमा सवार सबै १६ यात्रुले दुर्घटनामा ज्यान गुमाएको प्रहरीले जनाएको छ ।
‘ट्रकमा ठोक्किएपछि बसमा आगो लागेको थियो । नाइजेरियामा सडक दुर्घटनाहरू प्रायः अत्यधिक यात्रु चाप, खराब सडक र लापरवाह ड्राइभिङको कारणले हुने गरेको बताइन्छ । (सिन्ह्वा)

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया