बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

सिन्धुली - बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरी नगरपालिका १ दहचोक बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका ३ घर भएका ४२ वर्षीय हरि बिक लाम्कादेलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ चैत २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १५ लाख ४१ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले सिन्धुली हरिहरपुरगढी गाउँपालिका ३ स्थित बनौलिमा फेला पारी पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सिन्धुली पठाइएकोमा अदालतको आदेशले कारागार कार्यालय सिन्धुली पठाइएको ईलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया