महासचिव गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने

संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने भएका छन् । सो कुरा सिंगापुरबाट प्रकाशन भइरहेको एक चिनियाँ भाषाको पत्रिकाले जनाएको छ । उक्त पत्रिकाले बेइजिङ ओलम्पिकमा संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेस उपस्थित हुने तथा अन्य कतिपय देशले बहिस्कार गरेको भनिएको सो खेलको कार्यक्रमलाई फ्रान्सले पनि बहिस्कार गर्ने कुनै योजना नबनाएको जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बेइजिङ ओलम्पिकका लागि दिएको निमन्त्रणा स्वीकार गरेको र उनी सो कार्यक्रममा उपस्थित हुने जानकारी दिएको सो समाचारमा लेखिएको छ । बेइजिङ ओलम्पिकमा उपस्थित हुने विषयमा सोधिएको प्रश्नमा फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले भने कुनै प्रतिक्रिया दिएको छैनन् । उनले खेलकुदजस्तो विषयमा कसैले पनि राजनीति गर्न नहुने भने बताएका छन् । (सिन्ह्वा)

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया