युट्युबमा अश्लिल भिडियो हाल्ने युवा पक्राउ
काठमाडौं - प्रहरीले अश्लिता झल्कने भिडियो प्रसारण गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–४ बस्ने २१ वर्षीय युवा भरतबहादुर तिरुवालाई पक्राउ गरेको छ । तिरुवालाई युट्युब च्यानलमार्फत अश्लिल शीर्षकमा भिडियो प्रसारण गरेको अभियोग प्रहरीको छ । तिरुवा कालिकोट झरना गाउँपालिका–९ का बासिन्दा हुन् ।
नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीका अनुुसार, ‘टेन्सन ब्रो’ नामक युट्यबमा समाजमा अश्लील क्रियाकलाप फैलाउने किसिमका भिडियो बनाएको पाइएको छ । सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको अभियोगमा पक्राऊ गरिएको हो । जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया