भ्रष्टाचार अन्त्य गर्न समाजवादी कांग्रेसको माग
काठमाडौँ - नेपाल समाजवादी कांग्रेसले देशमा व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गरेको छ । सो पार्टीले आज यहाँ पत्रकार सम्मेलन गरी पछिल्लो समय देशमा भ्रष्टाचार झनझन मौलाउँदै गएको जनाउँदै भ्रष्टाचार अन्त्यका लागि सरकार र सम्बन्धित निकायसँग माग गरेको हो ।
सो पार्टीले देशमा बढ्दै गएको महङ्गी, हत्या, हिंसा, अराजकता, आपराधिक क्रियाकलाप, बेरोजगारीको अन्त्य गर्नसमेत सरकारसँग अनुरोध गरेको छ । पार्टीका अध्यक्ष गोविन्द निरौलाले राष्ट्र र राष्ट्रियताबारे चिन्ता व्यक्त गर्दै देशका विभिन्न नाकामा भएको सीमा अतिक्रमणका सम्बन्धमा सरकारले चासो देखाएर आफ्नो अतिक्रमण भएको जमिन फिर्ता लिनुपर्ने बताए ।
उनले जनगणनाका लागि तयार गरिएको जनगणना अवधारणा नै देशको पक्षमा नभएको भन्दै त्यसलाई सच्याउनुपर्ने, राष्ट्रिय पोशाकको व्यवस्था गर्नुपर्ने र सरकारी ओहदामा रहेका मानिसले अनिवार्य रुपमा राष्ट्रिय पोशाक लगाउनुपर्नेमा जोड दिए ।
देशभित्रै उत्पादन बढाएर रोजगारीको सिर्जना गरी रोजगारीका लागि विदेश गएर युवालाई स्वदेश फर्काएर देशभित्रै रोजगारी दिनुपर्ने सो पार्टीको भनाइ छ । पार्टीका उपाध्यक्ष पुष्पा राणा घलेले ब्रिटिस सेनामा भर्ना भएका नेपालीका लागि समान सुविधाका लागि नेपाल सरकारले पहल गर्नुपर्ने बताए । रासस

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया