मैले सभापति हारेँ भने प्रधानमन्त्रीबाट हटाउन सक्छन्, मलाई जिताउनुहोस् : देउवा
काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जसरी पनि सभापतिमा जित्न आवश्यक रहेको बताएका छन् ।
आइतबार लैनचौरको एक बैंक्वेटमा आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूले फेरि सभापतिमा जित्न आवश्यक भएको भन्दै सहयोगका लागि प्रतिनिधिसँग भाेट मागेका छन् ।
‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ, जित्न आवश्यक छ । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन भनेर मलाई प्रश्न गर्छन्’, देउवाले भने ।
आफूले सभापतिमा हारे सरकारबाट पनि हटाउन सक्ने चिन्ता ब्यक्त गर्दै देउवाले भने, ‘मलाई जिताइदिनु होला । विगतमा पनि कांग्रेसलाई सबैको पार्टी बनाएर लगिरहेको हो । अब पनि मेरोभन्दा हाम्रो अनि सबैको साझा पार्टी बनाएर लैजानुपर्छ ।’

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया