सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

कांग्रेस केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्विरोध निर्वाचित

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश २ को खुला क्लस्टरमा जंगीलाल यादवले पनि उम्मेदवारी दिएका थिए । तर, यादवले आइतबार उमेद्‌वारी फिर्ता लिएपछि उनीहरू निर्विरोध निर्वाचित भएको निर्वान समितिले जनाएको छ ।