माओवादी प्रदेश १ अधिवेशन : यी हुन् अध्यक्षमा तीन आकांक्षी

विराटनगर- नेकपा माओवादी केन्द्र प्रदेश १ को अधिवेशन आज सुरू हुँदैछ । प्रदेश राजधानी विराटनगरभन्दा २२ किलोमिटर टाढा सुन्दरहरैंचाको विराटचोकमा प्रदेश अधिवेशनस्थल तोकिएको छ ।
पहिलो अधिवेशनका लागि प्रदेश १ का १४ जिल्लाबाट करिब १ हजार १ सय प्रतिनिधिहरू सहभागी गराएर माओवादीले अधिवेशन गर्न लागेको हो ।
नेता प्रधानभन्दा नीति प्रधान नेतृत्व निर्माणमा जोड दिएकोले अधिवेशनमा सहमतिबाट नेतृत्व चयन गर्न दबाब नदिइने जनाइएको छ । माओवादी केन्द्रका प्रदेश १ इन्चार्ज राम कार्कीले नेतृत्व चयनका लागि सहमति नै हुनुपर्छ भनेर नेतृत्वले कहिल्यै पनि नभनेको बताएका छन् ।
पहिलो प्रदेश अधिवेशनबाट अध्यक्ष बन्न अहिलेसम्म तीन आकांक्षीहरू मैदानमा देखिएका छन् । अध्यक्षका लागि उदयपुरका संघीय सांसद एवं प्रदेश समितिका वर्तमान अध्यक्ष हिमाल राई, प्रदेश सचिव हेमराज भण्डारी र प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो आकांक्षी देखिएका हुन् ।
उनीहरू पार्टीभित्र आ-आफ्नो लविङमा केन्द्रीत छन् । अधिकांश पार्टीहरूले संविधान अनुसार पार्टीहरूले आफ्नो संगठानिक संरचनालाई संघीयताको मर्म अनुसार लैजाँदैछन् । पार्टीहरूले आफ्ना प्रदेश समितिलाई पनि ‘पावर सेयरिङ’ गरेका कारण नेताहरू प्रदेशमा रहनका लागि तँछाड मछाडमा छन् ।
विशेष गरी स्थानीय तहको टिकट वितरणमा प्रदेश समितिको महत्वपूर्ण भूमिका हुने भएकोले प्रदेश कमिटीमा नेतृत्व गर्न नेताहरूको आकांक्षा बढेको हो ।
माओवादीले एक व्यक्ति एक पदको नीतिलाई प्राथमिकताका साथ अगाडि बढाउने भन्दै आएको छ । प्रदेश कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, प्रदेशको जनसंख्याको अनुपातका आधारमा थप दुई प्रतिशत दलित, पाँच प्रतिशत मुस्लिमको सहभागिता सुनिश्चित गरिने जनाइएको छ ।
‘हाम्रो नेतृत्वको सर्वोच्च तहबाट सहमति नै गर्नुपर्छ भनेर कहिले पनि आह्वान गरिएको छैन’ प्रदेश १ का इन्चार्ज राम कार्कीले भने, ‘हामी एमाले वा कांग्रेसको जस्तो संगठन बनाउन चाहँदैनौं, किनभने गणतन्त्र, संघीयता र समावेशी प्रजातन्त्र आज हाम्रै कमिकमजोरीको कारणले पनि क्षय भएको छ ।’
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_xrITX4RRAL_0vtbpde7vvcmmrgzn7vcjutj9mmvrotrimla4gyq1zu2q8jedebmid3ogvh9.jpg)
प्रतिक्रिया