भारत विश्वव्यापी लोकतान्त्रिक मूल्यहरू बलियो बनाउन साझेदारहरूसँग काम गर्न तयार छ : प्रधानमन्त्री मोदी

नयाँ दिल्ली [भारत]- भारत बहुपक्षीय फोरमहरू सहित विश्वव्यापी रूपमा लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउन आफ्ना साझेदारहरूसँग काम गर्न तयार रहेको प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले आयोजना गरेको लोकतन्त्रको शिखर सम्मेलनमा भाग लिएको भोलिपल्ट प्रधानमन्त्री मोदीको उक्त भनाइ आएको हो ।
'राष्ट्रपति बाइडेनको निमन्त्रणामा लोकतन्त्रको लागि शिखर सम्मेलनमा भाग लिन पाउँदा खुसी छु । विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको रूपमा, भारत बहुपक्षीय फोरमहरू सहित विश्वव्यापी रूपमा लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउन हाम्रा साझेदारहरूसँग काम गर्न तयार छ' प्रधानमन्त्रीको ट्वीटमा उल्लेख गरिएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीबार लोकतन्त्रका लागि पहिलो शिखर सम्मेलन शुरु गरेका छन् । प्रधानमन्त्री मोदी बाहेक फ्रान्स, क्यानडा, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, जापान, इजरायललगायतका लगभग ८० देशका विश्व नेताहरूले उद्घाटन भाषणमा भाग लिएका लिएका छन् ।
शिखर सम्मेलनले लोकतन्त्रले सामना गर्ने चुनौती र अवसरहरूमा केन्द्रित छ । उक्त शिखर सम्मेलनले नेताहरूलाई व्यक्तिगत र सामूहिक प्रतिबद्धताहरू, सुधारहरू, र लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि स्वदेश तथा विदेशमा भएका पहलहरू घोषणा गर्न मञ्च प्रदान गर्नेछ। (एएनआई)

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया