नाइजेरियाली मस्जिदमा बन्दुकधारी समूहको आक्रमणमा ९ जनाको मृत्यु

कानो, नाइजेरिया- नाइजेरियाको मध्य राज्य नाइजरमा रहेको एक मस्जिदमा बन्दुकधारीहरुले गरेको अन्धाधुन्ध आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार पुष्टि गरेको छ । स्थानीय बासिन्दाले भने आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको बताएका छन् ।
यस आक्रमणको कारण तत्काल थाह हुन सकेको छैन । स्थानीय स्तरमा ‘ब्यान्डिट्स’ भनेर चिनिने अपराधीहरूको गिरोहले उत्तरपश्चिम र मध्य नाइजेरियाका समुदायहरूलाई वर्षौंदेखि आतङ्कित पार्दै आएकोले यसमा पनि उनीहरूको संलग्नता रहेको हुनसक्ने आशङ्का गरिएको छ ।
स्थानीय प्रहरी प्रमुख मण्डे बाला कुर्यासले भने, “मोटरसाइकलमा भारी सशस्त्र मानिसहरूले माशेगु जिल्लाको दुर्गम बाको गाउँमा उपासकहरूले प्रार्थना गरिरहेको बेला बुधबार मस्जिदमा आक्रमण गरेका हुन् ।
“आक्रमणकारीहरूले मस्जिदभित्र नौ मुस्लिम उपासकहरूको हत्या गरे र अरू केही घाइते भए,” कुरायसले भने ।
घटनापछि घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ भने प्रहरी र नागरिक सुरक्षा अर्धसैनिक कर्मचारीहरूको संयुक्त टोली त्यस क्षेत्रमा खटाइएको एक प्रहरी अधिकृतले बताए ।
आक्रमणपछि मस्जिदबाट १६ वटा शव सङ्कलन गरेको स्थानीयवासी अमादु हमिसुले बताए ।
“मस्जिदमा प्रार्थना गरिरहेका जम्मा १६ जनाको मृत्यु भएको छ । हामीले उनीहरूको लास मस्जिदबाट निकालेका छौं,” हमिसुले भने । (एएफपी)

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया