मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ५४ जनाको मृत्यु
काठमाडौँ - मेक्सिकोमा ट्रक पल्टिएर दुर्घटना हुँदा ५४ जनाको मृत्यु भएको छ । मेक्सिकोको दक्षिणी प्रान्त चिआपसमा मध्य अमेरिकाबाट संयुक्त राज्य अमेरिका जाँदै गरेका डेढ सयभन्दा बढी आप्रवासी सवार ट्रक दुर्घटना हुँदा ५४ जनाको मृत्यु भएको हो ।
दुर्घटनापछि ज्यान गुमाएकाहरुको शव बाटोमा छरिएको बिबिसीले जनाएको छ । स्थानीयवासीले दुर्घटनामा गम्भीर घाइते भएकाहरुको उद्धार गरेका थिए । दुर्घटनापछि ट्रकका चालक भने फरार भएका छन् । ट्रकमा सवार १०५ जना घाइते भएका जनाइएको छ । त्यति ठूलो ट्रकमा आउनेहरु होन्डुरस र ग्वाटेमालाका नागरिक भएको हुन सक्ने अनुमान गरिएको छ ।

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया