त्रिपाठीको नेतृत्वमा नयाँ पार्टी घोषणा हुँदै, नाम जनता प्रगतिशील पार्टी

काठमाडौँ - नेकपा एमालेको सूर्य चिन्हबाट स्वतन्त्र उम्मेदवार भई प्रतिनिधिसभा सदस्यमा विजयी भएका हृदयेश त्रिपाठीले अन्ततः नयाँ पार्टी घोषणा गर्ने भएका छन् । तराई मधेस केन्द्रित राजनीति छाडेपछि सूर्य चिन्हबाट विजयी त्रिपाठीले २८ मंसिरमा एभरेस्ट होटल, बानेश्वरमा नयाँ राजनीतिक दलको घोषणा गर्न लागेका हुन् ।
‘२८ मंसिर बिहान ११ बजे एभरेस्ट होटलमा कार्यक्रम आयोजना गरी नयाँ राजनीतिक दलको घोषणा गर्दछौं,’ त्रिपाठीले भने, ‘जनता प्रगतिशील पार्टी (जप्रपा) को घोषणासँगसँगै पार्टीको झन्डा र लोगो पनि सार्वजनिक गर्नेछौं ।’ नयाँ राजनीतिक दलको अवधारणा र घोषणापत्र लेखनको कार्यक्रम अन्तिम अवस्थामा पुगेको जनाउँदै त्रिपाठीले २८ मंसिरमै सार्वजनिक गर्ने जनाएका छन् ।
त्रिपाठीले नेतृत्व गर्ने जप्रपाका अन्य केन्द्रीय नेतृत्वका बारेमा भने कुनै कुरा खोल्न चाहेनन् । ‘नेतृत्व पनि त्यही दिन घोषणा हुनेछ,’ त्रिपाठीले भने । एमालेको सूर्य चिन्हबाट विजयी भए पनि ‘स्वतन्त्र राजनीतिक समूह’ बाट गतिविधि गर्दै आएका त्रिपाठीले चार वर्षपछि मात्र अर्थात् २८ मंसिरमा नयाँ राजनीतिक दल घोषणा गर्न लागेका हुन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया