सोलुका नेता शेर्पा केन्द्रीय सदस्यमा भिड्ने

काठमाडौँ- जमिन तहका कार्यकर्ताका आवाज मुखरित गर्ने उद्देश्यसहित सोलुखुम्बुका कांग्रेस नेता आङगेलु शेर्पाले कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनले जनजाती ‘क्लस्टर’बाट केन्द्रीय सदस्यको उम्मेदवारी दिने सोच बनाएका छन् ।
झण्डै ४० वर्षदेखि कांग्रेस राजनीतिमा संलग्न शेर्पा जिल्ला राजनीतिमा व्यस्त थिए, यसपालि केन्द्रीय सदस्यको आकांक्षा राख्दै उम्मेदवारी दिन लागेका हुन् । ‘कांग्रेसको नेतृत्वमा जमिन तहका कार्यकर्ता जान सकिरहेका छैनन्’ शेर्पाले इकागजसँग भने, ‘कांग्रेसमा भातृ संगठनबाट आएका नेताहरु हाबी भएका छन् । भुईँ तहका नेता पनि केन्द्रीय तहमा पुग्नुपर्छ भन्ने मान्यता राख्दै उम्मेदवारी दिन लागेको हुँ ।’
शेर्पा २०४१ मा त्रिचन्द्र कलेजमा पढ्दा नेपाल विद्यार्थी संघको सचिव थिए । त्यसपछि २०४२ मा पञ्चायतविरुद्ध कांग्रेसको सत्याग्रह आन्दोलनमा होमिएपछि उनी नौ महिना जेल परेका थिए । २०४६ मा सोलखुम्बु कांग्रेस जिल्ला कार्य समिति सदस्य, २०४८ कार्य समिति सचिव, २०५३ महासमिति सदस्य बनेका थिए । त्यसपछि २०५७ पछि निरन्तर तीन कार्यकाल सोलुखुम्बु जिल्ला कांग्रेस सभापति थिए ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया