अहिलेको महाधिवेशन नेपाली काँग्रेसको लागि अत्यन्तै महत्वपूर्ण छ : देउवा
काठमाडौँ - प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले सहमतिका लागि गरिएको प्रयास सफल नभएमात्रै निर्वाचनबाट नेतृत्व चयन हुने पनि स्पष्ट पारे ।
पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित पुस्तक ‘नेपाली काँग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तकको बिहीबार काठमाडौंमा विमोचन गर्दै उनले नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई लिएर कुनै पनि किसिमको कटूता, मनोमालिन्य र असहिष्णुता प्रर्दशन नगर्न पनि आग्रह गरे । प्रधानमन्त्री देउवाले महाधिवेशनलाई सफलताका साथ सम्पन्न गरेर गाउँघरमा फर्की काँग्रेसलाई आगामी आम निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनाउने अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।
‘महाधिवेशन सुरु भइरहेको छ। अहिलेको महाधिवेशन नेपाली काँग्रेसको लागि अत्यन्तै महत्वपूर्ण छ । नेपालको प्रजातान्त्रिक भविष्यका लागि पनि यो अत्यन्तै महत्वपूर्ण महाधिवेशन हो,' उनले भने, 'सबै मानिस उत्साहित भएर आएका छन् । पार्टीका साथीहरूले अत्यन्तै उत्साहका साथ गाउँघरमा फर्केर पार्टीलाई बलियो बनाएर भोलिको आम चुनावमा नेपाली काँग्रेसलाई फष्ट पार्टी सबभन्दा बनाउने काममा सबै लाग्नुहोला भन्ने अनुरोध गर्न चाहन्छु । मलाई विश्वास छ–यस काममा हाम्रा पार्टीका सबै साथीहरू लाग्नु हुनेछ । हामीहरू भरसक सहमतिका साथ अगाडि जान्छौं । नभए प्रजातान्त्रिक तरिकाले, प्रतिस्पर्धा पनि होला । तर प्रतिस्पर्धामा जितहार हुन्छ । त्यसमा हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने हो। यसलाई सामान्य प्रक्रियाकोरूपमा लिने हो । कुनै पनि किसिमको कटूता, मनोमालिन्य, एकअर्कामा असहिष्णुता नआओस् ।'

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया