'निर्मल निवासको हस्तक्षेप'बारे छानबिन गर्न राप्रपा नेताको माग

काठमाडौं - पार्टीको राष्ट्रिय महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेकोबारे छानबिन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा)का नेताले माग गरेका छन् । पार्टी एकता महाधिवेशनपछि पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बसेको केन्द्रीय समितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष कमल थापा पक्षधर केन्द्रीय नेताहरूले यस्तो माग गरेका हुन् ।
बैठकमा केन्द्रीय सदस्यहरू राजाराम बर्तौला, विजय खड्का, जमुना थापा, रिता माझी, केदार कोइराला, दीपक मल्ल लगायतले निर्मल निवास (पूर्वराजा ज्ञानेन्द्र) ले पार्टीमा हस्तक्षेप गरेको भन्दै छानबिन गर्न समिति गठनको माग गरेका हुन् । नेता बर्तौलाले महाधिवेशनमा निर्मल निबासले हस्तक्षेप गरेकाले समिति गठन गर्न आफूहरूले बैठकमा माग गरेको बताए ।
तर, अध्यक्ष राजेन्द्र लिङ्देन पक्षधर नेताहरूले भने छानबिनको आवश्यकता नभएको बताएका छन् । निर्मलनिवासले महाधिवेशनमा हस्तक्षेप गरेका कारण आफू पराजित भएको बताउने थापा भने बैठकमा अनुपस्थित थिए ।

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

ओलीले रवि लामिछानेबाट थालेको प्रतिशोधको श्रृंखला आरजु राणामा गएर टुंगिन्छ :…

चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री ओली

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

प्रतिक्रिया