प्रकाशमान र शेखर टसमस नहुँदा आज पनि साझा उम्मेदवार तय हुन सकेन

काठमाडौँ – साझा उम्मेदवार तय गर्न भन्दै बसेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आजको बैठक पनि निष्कर्षविहीन टुंगिएको छ । दिउँसो तीन बजेदेखि सभापतिका आकांक्षी प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठक निष्कर्षविहीन टुंगिएको हो । हिजो पनि चाक्सीबारीमै बैठक बसेको थियो । सहमति नस्किएपछि आजको लागि पुनः छलफल डाकिएको थियो ।
आजै बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा पनि छलफल भएको थियो । उक्त छलफलपछि नेताहरू चाक्सीबारी पुगेका थिए ।
पार्टीको १४ औं महाधिवेशनका लागि पौडेल समूहमा सभापतिका आकांक्षी चार जना छन् । वरिष्ठ नेता पौडेल, सिंह, शशांक कोइराला र शेखर कोइराला सभापतिका आकांक्षी हुन् । पौडेल र शशांकले सहमतिका लागि अडानबाट पछि हट्न तयार रहेको बताइसकेका छन् । तर, शेखर र प्रकाशमान दाबीबाट टसमस नहुँदा आज पनि सहमति नजुटेको हो ।
नेताहरूले निष्कर्ष ननिकालेपछि बिहीबार बिहान केन्द्रीय सदस्य गुरुराज घिमिरेले बिहीबार बिहान युवानेताहरू बसेर सभापतिका आकांक्षी नेताहरूलाई सुझाब दिने बताए । ‘हामी युवा नेताहरू बसेर भोलि बिहान नेताहरूलाई सुझाब दिन्छौँ,’ घिमिरेले भने, ‘प्रकाश दाइले सबैलाई यसपटक आफूलाई छोड्न आग्रह गर्नु भयो । अरुले पनि आफ्नो अडान छोड्नु भएको छैन ।’

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया