बुढानीलकण्ठको निष्कर्ष : देउवाकै नेतृत्व आवश्यक छ

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन समूहले अझै एक कार्यकाल सभापतिमा शेरबहादुर देउवा नै दोहोरिनुपर्ने निष्कर्ष निकालेको छ । आज सभापति देउवाले आफ्नो निवास बूढानीलकण्ठमा डाकेको बैठकमा उनीनिकट नेताहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो । देउवाको समूहबाट पनि पदाधिकारीमा आउन चाहने नेताहरुको संख्या धेरै भएकोले यसको निर्णय गर्ने जिम्मा शीर्ष नेतालाई दिइएको छ ।
‘राष्ट्रिय राजनीतिमै हाम्रो सभापति शेरबहादुर देउवाजीको नेतृत्व स्थापित भएको बेला उहाँकै नेतृत्वमा कांग्रेस अगाडि बढ्नुको विकल्प छैन भन्ने निष्कर्ष रह्यो,’ सहमहामन्त्री प्रकाशशरण महतले बैठकपछि पत्रकारहरुसँग भने, ‘पार्टीभित्र उहाँले बहुमतको प्रयोग नगरी सहमतिका लागि प्रयास गर्दै आउनुभएको हो । अझै उहाँकै नेतृत्व अपरिहार्य छ भनेर हामीले निष्कर्ष निकाल्यौँ ।’

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया