बुढानीलकण्ठमा देउवा समूहको बैठक : महामन्त्रीमा खाण, महत र साउदको दाबी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनअन्तरगर्त आफ्नो पक्षका नेताहरूसँग छलफल गरेका छन् । छलफल देउवा निवास बुढानीलकण्ठमा जारी छ । आजको छलफलमा उम्मेदवारको पनि टुंगो लगाउने तयारी गरिएको बताइएको छ । उक्त समूहमा सभापतिमा शेरबहादुर देउवाबाहेक अन्य नेताको दाबी नभएकोले विवाद छैन । तर, अन्य पदमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहकै जस्तो रस्साकस्सी छ ।
महामन्त्रीमा तीन नेताले दाबी गरेका छन् । ‘महामन्त्रीका लागि बालकृष्ण खाण, प्रकाशशरण महत र एनपी साउदले दाबी गर्नुभएको छ’ बैठकमा सहभागी एक नेताले भने । खाण प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा नेतृत्वको सरकारका गृहमन्त्री हुन् । यो समूहमा सहमहामन्त्रीमा करिब एक दर्जन नेताले दाबी गरेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया