भोलि उम्मेद्वार तय गर्ने रामचन्द्र पौडेल पक्षको निर्णय
काठमाडौँ - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भोली (बुधबार) साँझसम्म पार्टीको १४ औं महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्ने निर्णय गरेको छ । मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले महाधिवेशनको नेतृत्वका लागि साझा उम्मेदवार भोलीसम्म तय गरी सार्वजनिक गर्ने निर्णय गरेको हो ।
महाधिवेशनबाट काँग्रेसलाई सफल बनाउने गरी नयाँ नेतृत्व चयन गर्नका लागि भोलीसाँझसम्म आफूहरु पक्षले सहमतीमै उम्मेदवार चयन गर्ने निर्णय गरेको वरिष्ठ नेता पौडेलले जानकारी दिए । त्यसका लागि आजको बैठकमा सहमतिको नजिक पुगिएको पनि उनले दावी गरे । वरिष्ठ नेता पौडेलले भने, ‘नेपाली काँग्रेसको रुपान्तरण चाहने विचार समूहको बीचमा हामी साथीहरुले आज विभिन्न कोणबाट छलफल ग¥यौं । हामी सहमतीको निकै नजिक पुगेका छौं । हाम्रो निर्णय भोलीसम्ममा केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ । हामीले विभिन्न कोणबाट छलफल ग¥यौ र अवको चुनौतिको सामना कसरी हामी गर्छोै । महाधिवेशनमा हामी कसरी पार्टी जोगाउन सफल हुन्छौं । सबै पक्षमा छलफल गरेर हामी एउटा निष्कर्ष नजिकननजिक पुगेका छौं । केही प्रक्रिया पूरा गर्न बाँकि छ । त्यो प्रक्रिया पूरा गरेर हामी भोली साँझसम्म साझा उम्मेदवारको निर्णय सार्वजनिक गर्छौं ।’
नेपाली काँग्रेसको १४ औं महाधिवेशन यही मंसीर २४ गतेबाट काठमाडौंमा सुरु हँुँदैछ । वरिष्ठ नेता पौडेल पक्षबाट पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, नेता सिंह र डा. शेखर कोइराला सभापतिको उम्मेदवारको आकांक्षी रहेका छन् । वरिष्ठ नेता पौडेलले भने सहमतिमै उम्मेदवारी दिनेगरी सहमतिको नजिक पुगिएको दावी गरे । यता, संस्थापन पक्षबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवारी दिइनेछ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया