करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु

तनहुँ - नेटवर्कको काम गर्ने सिलसिलामा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा छिमेकी जिल्ला रामपुर-७ पाल्पाका १९ वर्षीय सागर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको घिरिङ गाउँपालिका-३ सुन्धारा भन्ने स्थानमा आइतबार साँझ नेटवर्कको काम गर्ने क्रममा विद्युतको तार छुन पुगेका उनलाई करेन्ट लाग्दा सख्त घाइते भएका थिए ।
घाइते ज्ञावलीलाई उपचारका लागि पोखरा पठाइएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिए । ज्ञवाली तनहुँको दुलेगौंडास्थित डिभिजिङ नेटवर्क प्रालिका कर्मचारी हुन् ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया