राप्रपाको मतदान जारी, अझै १५ सय मत खस्न बाँकी

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको मतगणना जारी रहेको छ । शनिबार अबेर गरी सुरु भएको मतदान प्रक्रिया जारी रहेकाले अझै लम्बिने भएको छ । निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार यो समाचार तयार पार्दासम्म २९ सय मत खसेको छ । अझै १५ सय मत खस्न बाँकी रहेको छ ।
राप्रपाको नयाँ नेतृत्व चयनका लागि कूल मतदाता ४ हजार ४६९ रहेका छन् । राप्रपाको निर्वाचन प्रक्रियामा २६४ उम्मेदवार रहेका छन् । नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा रहेका छन् ।
उम्मेदवारको लिस्ट लामो रहेको र कसलाई मत हाल्ने भन्ने लिस्ट नहुँदा मतदान अन्योलमा परेको बताइएको छ । मतदानका लागि बढीमा १५ मिनेट लाग्नेमा प्रतिनिधिले आधा घण्टासम्म लगाउने गरेका छन् । निर्वाचन अधिकृत बस्नेतले आजै मतदान सकेर राति नै मतगणना गरिने बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया