सहिद स्मारक लिगः एनआरटी फेरि बराबरीमा रोकियो

काठमाडौँ- काठमाडौँमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी)ले लगातार दोस्रो बराबरी खेलेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा एनआरटी च्यासल युथ क्लबसँग १–१ को बराबरीमा रोकिएको हो । यसअघि एनआरटी ब्रिगेड ब्याइज क्लबसँग पनि बराबरीमा रोकिएको थियो ।
शनिबारको दोस्रो खेलमा च्यासलले अग्रता लिएको थियो । रुमेश बर्तौलाले ४३ औँ मिनेटमा गोल गरेपछि च्यासल खेलमा अघि बढेको थियो । तर दोस्रो हाफको ७९ औँ मिनेटमा एनआरटी खेलमा फर्कियो । उसका लागि दिपेश घलेले बराबरी गोल गरे ।
यो बराबरीसँगै एनआरटीको तीन खेलबाट दुई अंक भएको छ । च्यासलले भने चार अंक बटुलेको छ । अब आइतबार हुने खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र ब्रिगेड ब्याइजबीच प्रतिस्पर्धा हुनेछ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया