शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

कञ्चनपुर ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्याे

कैलाली - पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरमा शुक्रबार भएको  ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । मृत्यु हुनेमा कृष्णपुर नगरपालिका- ९ रैकवारका ५५ वर्षीय रनी राना, सोही ठाउँकी ६५ वर्षीया द्रोपती राना र ४४ वर्षीया रतनाकुमारी राना रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बोहराले इकागजलाई जानकारी दिए ।

अर्जुनी ब्यारेकनजिक दिउँसो १ः३० बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा धनगढीस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। दैजीबाट कृष्णपुरस्थित घर फर्किरहेको जन्ती भोज खाएर फर्कंदै गरेका स्थानीय सवार से १ त ३८४१ नम्बरको ट्याक्टर सडकबाट उत्तरतर्फ दुर्घटनामा परेको हो ।  ट्याक्टरको ट्रली पल्टिँदा ट्रलीमा बसेका १४ जना घाइते भएकोमा उपचारका क्रममा तीन जनाको मृत्यु प्रहरीले पुष्टि गरेको छ ।