१० वर्षे बालकको हत्या आरोपमा सौतेनी आमा पक्राउ

कैलाली - धनगढीमा मृत फेला परेका १० वर्षीय बालकको हत्या आरोपमा सौतेनी आमालाई प्रहरीले प्रकाउ गरी शुकेरबार सार्वजनिक गरेको छ । धनगढी उपमहानगरपालिका २ स्थित शिखर टोलमा बस्दै आएका १० वर्षीय निशान थापामगरको हत्या आरोपमा प्रहरीले उनकी सौतेनी आमा माघी रोकायालाई पक्राउ गरेको हो ।
भारतको हरियाणाबाट पक्राउ परेकी रोकायालाई जिल्ला प्रहरी कार्यालय कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । निशान मंसिर २ गते कोठाभित्रै मृत फेला परेका थिए भने रोकाया सोही दिनदेखि फरार थिइन् । उनलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
भारतीय प्रहरीको सहयोगमा माघीलाई प्रक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए । मृतक निशान्त थापा मगर स्कूलबाट फर्किएपछि उनले थाहा नपाउने गरी दुधमा मुसा मार्ने औषधी मिसाई खुवाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताउँदै प्रहरी उपरीक्षक अधिकारीले रोकायाविरुद्ध कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताए।

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

प्रतिक्रिया