शारीरिक रूपमा अशक्त नरबहादुर स्कुटी मर्मतमा व्यस्त

महेन्द्रनगर - अपांगता भएका मदन पुरस्कार विजेता कञ्चनपुरको भीमदत्त नगरपालिका-२ का नरबहादुर साउद महेन्द्रनगर बजारमा स्कुटी मर्मतमा व्यस्त भेटिए ।शारीरिक रूपले अशक्त भए पनि उनको अध्ययन र लेखनप्रतिको लगाव भने जो कोहीका लागि पनि प्रेरणादायी छ ।
शारीरिक रूपले अशक्त, उमेर ५८ वर्ष र पारिवारिक स्थिति पनि सुखद् नहुँदा पनि मदनपुस्कार विजेता नरबहादुरले लेखन र अध्ययनलाई निरन्तरता दिँदै आएका छन् । न सन्तति न त श्रीमती । ९१ वर्षीया आमा गुमाएर पीडामा रहेका नरबहादुरको ध्यान अहिले अध्ययनमा रहेको छ । ०६६ सालमा ‘नेपालका बालीनाली र तिनको दिगो खेती’ नामक पुस्तक लेखेर मदन पुरस्कार विजेता उनी अहिले महेन्द्रनगरस्थित शारदा विद्यापीठमा स्नातक तहमा शास्त्री अध्ययनरत छन् ।
‘संस्कृत ग्रन्थ पनि अध्ययन गर्नुपर्ने भएकाले शास्त्री अध्ययनको दोस्रो वर्ष अहिले घरबाट अनलाइन कक्षा लिँदैछु,’ उनले भने, ‘तरकारी खेती नाकम किताब लेखन अध्ययनका कारण अधुरोजस्तै छ ।’ उनले शास्त्री अध्ययन सकिएपछि आगामी वर्ष ‘तरकारी खेती’ नामक किताब बजारमा ल्याउने बताए । आफू अशक्त, घरमा ९३ वर्षीय बुबा धनबहादुर र ४५ वर्षीया बहिनी जानकीको स्याहार पाएर लेखन तथा अध्ययनमा मन दिएका उनले परिवारमा निकै कष्ट रहेको सुनाए ।
‘बहिनीको पनि अवस्था शारीरिक र मानसिक रूपले पूर्णरूपमा ठीक छैन,’ उनले भने, ‘तर पनि बहिनीले बुबा र मलाई खाना पकाएर खुवाएकै छ ।’ नरबहादुरको पुर्खौली घर बैतडी हो भने लामो समयदेखि कञ्चनपुरको भीमदत्त-२ मा बस्दै आएका छन् । पुस्तक लेखनमा सक्रिय उनी ओछ्यानमै पल्टिएर कम्प्युटरमा अक्षर थिच्न सक्रिय छन् ।

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया