अझै टुंगिएनन् प्रतिनिधि

काठमाडौँ- राप्रपा महाधिवेशन प्रतिनिधिको अझै टुंगो लागिसकेको छैन । काठमाडौंको भृकुटीमण्डपमा बुधबारबाट एकताको महाधिवेशन सुरू भइसक्दा पनि महाधिवेशन प्रतिनिधिको टुंगो लागेको छैन ।
महाधिवेशन प्रतिनिधिको टुंगो लगाउने प्रयास भइरहेको छ । ‘महाधिवेशन प्रतिनिधिको टुंगो लगाउन शीर्षनेता र निर्वाचन समितिका प्रतिनिधि छलफलमा बसेका छन्’, राप्रपा नेता सुजित केसीले भने, ‘महाधिवेशन प्रतिनिधिमाथि अहिले छानबिन भइरहेको छ । शीर्षनेता र निर्वाचन समितिका प्रतिनिधिहरू छलफलमा छन् ।’
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्षको दौडबाट हटिसकेका छन् । लोहनीले लिङ्देनलाई समर्थन गर्दा जबरा तटस्थ बसेका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया