ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल ‘सोझै खरिद’ गर्नेभएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो ।
फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्दीय बैंकले जनाएको छ । बैंकले प्राप्त आवेदनका आधारमा शुक्रबार ट्रेजरी खरिद गर्नेछ ।
बैंकका अनुसार बैंकिङ प्रणालीमा न्यून तरलताको स्थिति देखिएमा तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘सोझै खरिद’ हो । यो उपकरणको केन्द्रीय बैंकले तोकिएको दिन भित्र भुक्तानी मिति भएका ट्रेजरी बिल इच्छुक बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल माध्यमबाट खरिद गर्दछ र त्यस बापतको रकमा ती बोलकर्तालाई भुक्तानी गर्ने भएकाले बैंकिङ प्रणालीमा तरलता प्रवाह हुन्छ ।
राष्ट्र बैंकले प्रणालीमा तरलताको चाप पर्दा यस्ता उपकरणको निरन्तर प्रयोग गर्दै आएको छ । बैंक तथा वित्तीय सस्थाले स्थायी तरलता सुविधा, रिपोजस्ता उपकरणको प्रयोग गरिरहे पनि तरलता व्यवस्थापन सहज हुन सकेको छैन । बैंकको औषत कर्जा निक्षेप अनुपात मौद्रिक नीतिले ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरे पनि बढेर ९० दशमलव ८५ प्रतिशत पुगेको छ । यसले बजारमा लगानीयोग्य रकमको अभार रहेको पुष्टि हुन्छ । रासस

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_P8L1YBVFSU_gbs77wxy76bao6cehivnomiyqkliknmbakwqsrnragichvx0ss4zwlwuaadm.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

प्रतिक्रिया