सेकुवा कर्नरबाट चितुवाको छालासहित ३ जना पक्राउ

काठमाडौं - काठमाडौं महानगरपालिका ९ एयरपोर्टस्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ वन्यजन्तु चितुवाको करिब २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको १ थान छाला सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका ३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका २ घर भएका २८ वर्षीय बिशाल तामाङ, गोकर्णेश्वर नगरपालिका ३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका २ घर भएका ३२ वर्षीय विनोद तामाङ र गोकर्णेश्वर नगरपालिका ३ बस्ने चितवन राप्ती नगरपालिका १ बस्ने ४२ वर्षीय कामी सिंह स्याङ्तान रहेका छन् ।
काठमाडौं महानगरपालिका ९ एयरपोर्ट एरियामा केही व्यक्तिहरुले दुर्लभ चितुवाको छाला अबैध रुपमा विक्री वितरण गर्नको लागि लुकाई ल्याई राखेको छ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त चितुवाको छाला सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई बरामद छाला सहित आवश्यक कारबाहीका लागि जिल्ला बन कार्यालय काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया