शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

आजदेखि राप्रपाको महाधिवेशन, भृकुटीमण्डपमा उद्घाटन हुँदै

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन आजदेखि सुरु हुँदैछ । बिहान साढे ११ बजे भृकुटीमण्डपमा उद्घाटन कार्यक्रम राखिएको छ ।

तीन पार्टी मिलेर बनेको राप्रपाको एकता महाधिवेशन पहिलोपटक हुन लागेको हो । राप्रपाको नयाँ नेतृत्वका लागि अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेद्वारी घोषणा गरेका छन् । लिङदेनलाई अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले समर्थन गरेका छन् । अर्का अध्यक्ष पशुपति शमशेर राणाले युवालाई नेतृत्वमा ल्याउनुपर्ने भन्दै चुनावी प्रक्रियाबाट आफू अलग्गिएको घोषणा गरिसकेका छन् ।

यद्यपी राप्रपाको नयाँ नेतृत्वका लागि सर्वसम्मतिको प्रयास गरिने पनि उनको भनाइ छ ।