मसालमा असन्तुष्ट समुहले बनायो समानान्तर समिति

बुटवल - नेपाल कम्युनिष्ट पार्टी मसाल भित्रको अल्पमत पक्षले पार्टीको केन्द्रिय समन्वय समिति गठन गरेको छ । राष्ट्रिय जनमोर्चाका पूर्वमहासचिव सन्तबहादुर नेपाली संयोजक र मसालका पूर्व संगठन विभाग प्रमुख कृष्णराज पौडेल प्रवक्ता रहेको ५७ सदस्यीय केन्द्रिय समन्वय समिति गठन गरेको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
नेकपा मसालको नेतृत्वले पार्टीलाई दक्षिणपन्थी बाटोमा लैजाने नीति पारित गरेको भन्दै आफूहरु क्रान्तिकारी विचार बचाउन संघर्षमा जान बाध्य भएको समन्वय समितिका संयोजक नेपालीले बताए ।
‘आठौं महाधिवेशनबाट पारित गरेको भन्दै ग¥यो । त्यसमा फरक विचार राख्ने कमरेडहरुलाई कार्वाही गर्ने र कैयौं समितिहरु भंग गरेर पार्टी र जनवर्गीय संगठन पुनर्गठन गर्ने काम गरेपछि त्यसका विरुद्ध पार्टीभित्र केन्द्रीय सम्पर्क केन्द्रको गठन भएको थियो । जारी विज्ञपतीमा भनिएको छ, ‘त्यो सम्पर्क केन्द्रले पार्टीलाई आफ्ना दक्षिणपन्थी नीतिलाई सच्चाउन दबाब दिंदै आएको थियो ।’
आफूहरु निरन्तर वार्ताका लागि पहल कदमी लिए पनि पार्टी नेतृत्वले वार्तालाई परिषद बैठकबाट नै लत्याएको आरोप नेपालीको छ । ‘कार्यकर्ताहरुकै दवावमा वार्ताको लागि आह्वान गरेपनि विभिन्न शर्तहरु तेर्साएर नेतृत्वले हामीलाई वार्तामा ल्याउन चाहेन । हामीले वार्ताको लागि पहल ग¥यौं । पार्टीले हठ छाडेन र परिषद्को बैठकबाटै “वार्ता र भेटघाट फिर्ता लिने निर्णय” गर्न पुग्यो । पार्टीको यस प्रकारको फुटपरस्त नीतिको विरोध गर्दै आउने क्रममा हामीले सम्पर्क केन्द्रको राष्ट्रिय भेलागर्न र भेलाबाट केन्द्रीय समन्वय समिति गठन गर्न बाध्य भएका छौं, –विज्ञप्तीमा भनिएको छ ।
केन्द्रीय सम्पर्क केन्द्रलाई राष्ट्रिय भेलाबाट केन्द्रीय समन्वय समिति बनाउने निर्णय भएको नेपालीले जनाकारी दिए । नेकपा मसालको आठौं महाधिवेशनले लिएका दक्षिणपन्थी नीतिहरु नसच्याएर आठौं महाधिवेशनले पारित गरेका नीतिहरुमा गरिएका फेरबदल, थपघटका विषयसमेत नसच्चाएमा आगामी एक वर्षभित्र विशेष महाधिवेशन गर्ने निर्णय भएको उनको भनाई छ ।
नेतृत्वले विशेष महाधिवेशनको आयोजना नगरेको खण्डमा समन्वय समितिले नै विशेष महाधिवेशन गरेर पार्टी निर्माण गर्ने नेपालीले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया