पार्टी एकिकरण अभियान चलाउने ओलीको घोषणा

चितवन - नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले नेताको झैं व्यवहार गर्न पार्टीका निर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले अबको तीन महिना एकीकरणको अभियान संचालन गर्ने घोषणा समेत गरे ।
चितवनको सौराहामा जारी पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको समापन गर्दै उहाँले पार्टीमा अनुशासन उलंघन सैह्य नहुने भन्दै त्यसै अनुसार काम गर्न पार्टीका अनुशासन आयोगका पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिए । अध्यक्ष ओलीले भने, ‘अब तीन महिनासम्म पार्टीले एकीकरणको अभियान संचालन गर्नेछ । त्यो अभियान पार्टीका कार्यकर्ताहरुबीच हुनेछ । अरु पार्टीका कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउन सो अभियान संचालन हुनेछ ।’
अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुलाई अहंकार नदेखाउन पनि आग्रह गरे । उनले नवनिर्वाचित केन्द्रिय कमिटीका सदस्यहरुलाई जनताको सेवक बन्न र राष्ट्रको हितमा समर्पित भएर लाग्न सचेत गराए । अध्यक्ष ओलीले भने ‘हामीलाई हेरेर कस्तो तरिका, कस्तो शैली, कस्तो बोलिबचन अपनाउने भनेर अरुका पार्टीका मानिसहरुले पनि अनुशरण गर्ने खालको हुनुपर्छ । हाम्रो आनीबानी नेता झैं हुनुपर्छ । कुनै पनि नेता घमण्डी, अहंकारी हुँदैन । अहंकारी मान्छे नेता हुँदैन । नेता भएपछि अहंकारी हुँदैन ।’
अध्यक्ष ओलीले यही मंसीर २५ र २६ गते केन्द्रिय कमिटीको बैठक बोलाउने र पार्टी पोलिटव्यूरो तथा स्थायी कमिटी गठन गर्ने जानकारी पनि गराए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया