नेविसंघ पूर्व अध्यक्ष महरले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ - नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएका छन् ।
महरले मंगलबार काठमडौंमा पत्रकार सम्मेलन गरी १४ बुँदे कार्ययोजना सार्वजनिक गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
एक व्यक्ति, एक पद दुईपटक मात्रै हुनुपर्नेदेखि सरकार र पार्टी सञ्चालनका लागि थिङ ट्याङ्कको स्थापना गर्नुपर्ने लगायतका कार्ययोजना रहेको महरले जानकारी दिए ।
पत्रकार सम्मेलनमा उनले पार्टीभित्र व्यवहार र आचरणमा शुद्धता तथा आर्थिक पारदर्शिता हुनुपर्ने बताए । उनले पार्टीको रुपान्तरणका लागि युवा कांग्रेस स्थापना हुनुपर्ने पनि धारणा राखे ।
उनले निःशुल्क स्वास्थ्य–शिक्षा, सर्वसुलभ यातायात र सञ्चार, गुणस्तरीय जीवनका आधार, लगानीमैत्री वातावरण, युवा उद्यमशीलता र स्वरोजगार अर्थतन्त्रमा सुधार राष्ट्रिय स्वार्थकेन्द्रित विदेश नीति लगायतका एजेण्डा पनि तय गरेका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया