सीप र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गरिनुपर्छ : झाँक्री

काठमाडौं - सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एउटा पुस्तामा भएको सीप र ज्ञान अर्को पुस्तामा हस्तान्तरण गरिनु पर्नेमा जोड दिएकी छन् । संयुक्त राष्ट्र संघीय विकास कोष (यूएनडीपी) र भारतीय दूतावासले सोमबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् ।
आफू विद्यार्थी राजनाीति गर्दादेखि नै सीप र ज्ञान हस्तान्तरणको पक्षमा वकालत गर्दै आएको उनको भनाइ छ । सबै क्षेत्रका नागरिकका लागि सरकारले सुरक्षित आवास निर्माणमा ध्यान दिनुपर्ने बताउँदै सरकारले कार्यक्रमका रूपमा सुरक्षित आवास निर्माणलाई अघि बढाइरहेको जानकारी पनि दिइन् ।
०७२ को भूकम्पका कारण क्षतिग्रस्त जनताका घर निर्माण अन्तिम चरणमा पुगेको बताइन् । ‘विद्यार्थीलाई अध्ययन, अनुसन्धानमा नै सहयोग गर्ने मन्त्रालयको सोच छ,’ उनले भनिन् ।

शिक्षा मन्त्री पन्तले विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन मागे साताको समय

कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हुनः प्रधानमन्त्री …

बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा

उर्जा मन्त्री खडकाले झोक्किदै भने, ‘तीन दिनभित्र फाइल छिनोफानो गर्नु'

सरकार मौन बस्दा प्रतिगामीले फुर्ति देखाएः प्रधानमन्त्री ओली
जेठको अन्तिमदेखि ग्वार्काे चोकको फ्लाइओभरमा गाडी आवतजावत हुनेः मन्त्री दाहाल

सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्ने

प्रतिक्रिया