बिहीबार ०५ भदौ, २०८२
Thursday, August 21, 2025

जनकपुरमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

जनकपुरधाम : जनता समाजवादी पार्टीले प्रतिनिधि सभा विघटनको विरोधमा जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ । जसपाकाले शुक्रबार जनकपुरधामको जनक चोकमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको हो।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध चर्को नाराबाजीसमेत गरेका छन् । कडा सुरक्षाका बिच प्रहरीलाई चुनौती दिदै जसपाका नेता कार्यकर्ताहरूले पुत्ला दहन गरेका हुन् ।

संसद विघटनगरी प्रधानमन्त्री ओलीले गैरसंवैधानिक कदम चालेको भन्दै जसपा कार्यकर्ताहरूले लोकतान्त्रिक शक्तिहरू एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका थिए । जसपाले भोलि ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने जनाइएको छ।