‘मिस युनिभर्स’मा भाग लिन सुजिता उडिन् इजरायल

काठमाडौंँ - ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायल उडेकी छन् । ७०औं ‘मिस युनिभर्स’ भाग लिन उनी शनिबार राति इजरायल उडेकी हुन् । त्रिभुवन बिमानस्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठ लगायतका टिमले शुभकामनासहित उनलाई विदाइ गरेका थिए ।
इजरायल उड्नु अगाडि बस्नेतले यो पटक ‘मिस युनिभर्स’ को ताज नेपाल भित्रिने आस गर्न सकिने बताइन् । उनले मिस युनिभर्समा नेपालको तर्फबाट उत्कृष्ट प्रस्तुति दिने उद्देश्यसहित आफू सहभागी हुन लागेको बताइन् ।
गत महिना राजधानीको होटल याक एन्ड यतिमा आयोजित ‘मिस युनिभर्स नेपाल’ को ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पर्दै बस्नेतले ताज पहिरिएकी थिइन् । प्रतियोगीताका लागि उनले नेपालको पहिचान झल्कने एक कस्ट्युमसहित विभिन्न तयारी गरेकी छन् । ‘मिस युनिभर्स’ १२ डिसेम्बरमा आयोजना हुँदैछ । प्रतियोगितामा ७० बढी देशमा सुन्दरीहरुको सहभागिता रहनेछ ।

'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन भोलिदेखि नाचघरमा सुरु हुँदै

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

प्रतिक्रिया