कांग्रेस मोरङ सभापतिका उम्मेदवारले ५१ प्रतिशत पुर्याउन सकेनन्, फेरि मतदान हुने

विराटनगर- नेपाली कांग्रेस माेरङ सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्याउन नसकेपछि पुन: मतदान हुने भएको छ ।
सभापति पदका लागि खसेकाे कुल ३ हजार ३६० मतमध्ये संस्थापन समूहका दिलीप गच्छदारले १ हजार १६६, संस्थापन इतरका डिगबहादुर लिम्बुले १ हजार ५४४ र सिटौला समूहका यदु विष्टले ५६३ मत प्राप्त पाएका थिए ।
कांग्रेसको विधानमा सभापति हुन खसेको मतको ५१ प्रतिशत मत आउनुपर्ने प्रावधान भएका कारण पहिलो चरणमा कोही पनि सभापति बन्न सकेनन् ।
तीनै जनाले खसेको मतको ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको चुनाव हुने अवस्था आएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताए ।
'उहाँहरू आफैँ सहमति गरेर आउनु भयो भने निर्वाचन गर्नु पर्दैन,' उनले भने, 'नत्र फेरि निर्वाचनको मिति तय गरेर निर्वाचन गराउँछौँ ।'

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया