वकिलको प्रश्न : सिनियर न्यायाधीश किन छुटे ? प्रधान न्यायाधीशको जवाफ : त्यो विषयमा प्रवेश नगरौं

काठमाडौं : संवैधानिक इजलासको क्लस्टरमा परेका वरिष्ठ न्यायाधीशहरु पन्छाउँदै पछिल्ला न्यायाधीशलाई प्रधान न्यायाधीशले रोजेपछि इजलासमै कानुन व्यवसायीले प्रश्न उठाएका छन् । प्रतिनिधि सभा विघटनविरुध्द परेका रिटहरुको संवैधानिक इजलासको सुनुवाइमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठ न्यायाधीशहरुलाई पन्छाएपछि कानुन व्यवसायीले प्रश्न उठाएका हुन् ।
इजलाशमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले क्लस्टरमा रहेका सिनियर न्यायाधीशलाई सामेल नगरेकोमा शंका गर्दै प्रश्न उठाएका हुन् । त्यसमा प्रधान न्यायाधीश जबराले जवाफ दिए- 'त्यो विषयमा प्रवेश नगरौं ।' 'यो इजलासले नहेरे कसले हेर्छ' प्रधान न्यायाधीशले उल्टै प्रश्न गरेका थिए ।
प्रधान न्यायाधीश जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेका छन् । वरिष्ठ न्यायाधीशहरुलाई पन्छाएर ११ औँ नम्बरका केसीलाई इजलासमा सामेल गरिएको थियो ।
दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ललाई छुटाइएको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया