‘आइसी डिजाइनर रनवे’ मा ३६ मोडल एउटै र्याम्पमा

काठमाडौँ - विगतका बर्ष झै यस वर्ष पनि ‘आइसी डिजाइनर रनवे १०’ फेसन सो आयोजना हुने भएको छ । आइसी कलेजको आयोजनामा आगामी २४ डिसेम्बर (९ पुस) मा आयोजना हुने फेसन सोको नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्ट गर्न लागेको हो ।
फेसन सोका लागि ३६ मोडल छानिएका छन् । नेक्स्ट मोडल्सले हालै अडिसनमार्फत २८ फिमेल र ८ मेल मोडल गरेर फेसन सोका उत्कृष्ट ३६ मोडल छनौट गरेको छ । होटल हायात रिजेन्सीमा आयोजना हुने फेसन सोमा ७३ जना डिजाइनरले तयार पारेका विभिन्न आकर्षक पहिरन २१ सिक्वेन्समा मोडलले र्याम्पमा प्रस्तुत गर्नेछन् । ७३ जना फेसन डिजाइनर नै आइसी कलेजका १८ औं ब्याजका पास आउट विद्यार्थी हुन् ।
‘आइसी डिजाइनर रनवे’ एक उत्कृष्ट फेसन सो हो । विगत धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन सो यस वर्ष विगतका भन्दा झन् उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको म्यानेजमेन्ट जिम्मेबारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।
‘आइसी डिजाइनर रनवे’ को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

मिस टीनको फाइनलमा २० किशोरी सहभागी हुँदै

मिस नेपाल २०२४ कै लागि अस्ट्रेलियाबाट फर्केकी करुणा उत्कृष्ट २६ मा छनौट

प्रतिक्रिया