आइतबार ११ जेठ, २०८२
Sunday, May 25, 2025

पुलबाट खसेर साइकलयात्रीको मृत्यु

नवलपुर - पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षीय नरबहादुर कुमालको मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मंगलबार साइकल चढेर कावासोतीतर्फ आउँदै गर्दा कुमाल साइकलसहित खोलामा खसेका थिए । उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।