सवारी दुर्घटनामा माओवादी नेता रामप्रसाद बन्जाडेको निधन

बुटवल । नेकपा माओवादी केन्द्र रुपन्देहीका ईन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणि) को सवारी दुर्घटनामा परी ज्यान गएको छ । मोटरसाइकलमा सवार बन्जाडेलाई मँगलबार राति बुटवलको जीतगढीमा बसले ठक्कर दिँदा मृत्यु भएको हो ।
पश्चिमबाट बुटवलतर्फ आउँदै गर्दा उनी सवारी लु २६ प ५८९८ नम्बरको मोटरसाइकलका चालक पाल्पा रामपुरका जीतबाहादुर थापा गम्भीर घाइते भएका छन् । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९०६ नम्बरको बसले उनीहरूलाई ठक्कर दिएको थियो । घटनापछि घाइते भएका उनीहरूलाई बुटवलकै लुम्बिनी सिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अस्पतालले उपचारकै क्रममा बन्जाडेलाई मृत घोषणा गरेको हो ।
गम्भीर घाइते भएका थापाको अवस्था मध्यम रहेको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन खाणले जानकारी दिए । बन्जाडे नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन् ।

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया