बसले स्कुटरलाई ठक्कर दिँदा विद्यार्थी नेताको मृत्यु
तनहुँ - तनहुँको डुम्रे बेँसीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका–१ भन्सारमा बसले स्कुटरलाई ठक्कर दिँदा आज अखिल क्रान्तिकारीका नेताको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका–४ निवासी २४ वर्षीय विद्यार्थी नेता सुर्वण देवकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना ६ ख ९१३४ नम्बरको यात्रु बसले सोही दिशा गइरहेको बा ४५ प २३८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सापकोटाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए ।
मृतक देवकोटा अखिल क्रान्तिकारी पालुङटारको संयोजक छन् । दुर्घटनाको अनुसन्धानको लागि दुवै सवारी साधन र बसको चालकलाई नियन्त्रणमा लिएको छ । रासस

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया