बस दुर्घटनामा मृत्यु भएकाको परिवारलाई नगद सहयोग

मुगु - छायानाथ रारा नगरपालिका वडा नम्बर ७ पिना गाउँको तपने खोलामा बस दुर्घटनामा परेर मृत्यु भएका परिवारलाई नगद राहत प्रदान गरिएको छ । गएको असोज २६ गते नेपालगञ्जबाट मुगु आउँदै गरेको बस दुर्घटनामा मृत्यु भएका ३३ जना र घाइते भएका १२ जनाको परिवारलाई चिराए अस्पताल काठमाडौंका पूर्वअध्यक्ष साङगे गुरुङ र भारतका धर्मगुरु मुरारी बायुले नगद राहत प्रदान गरेका हुन् ।
मंगलबार एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत, रेडक्रस मुगुका मन्त्री रत्नसिंह मल्ल र नेपाली कांग्रेसका सभापति ऐनबहादुर शाहीको सहजिकरणमा मृतक परिवारलाई राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी मुगुका मन्त्री रत्नसिंह मल्लले बताए । उनका अनुसार घाइते र मृतक परिवारका ४५ जनालाई प्रति व्यक्ति सात हजारका दरले राहत वितरण प्रदान गरिएको हो ।
रकम सानो भए पनि मृतक तथा घाइते परिवारलाई घाउमा मलम लगाउने प्रयास गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । यसका साथै मृतक परिवारलाई कर्णाली प्रदेश सरकारले प्रति व्यक्ति एक लाख रकम प्रदान गर्ने घोषणा गरेको छ । न्यूज कारखाना

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया