प्रदेश २ का सचेतकसहित ३ जनाले अस्वीकार गरे ओली समूहको केन्द्रीय सदस्य

जनकपुरधाम : नेकपा ओली समूहले केन्द्रीय सदस्य बनाएका प्रदेश २ का प्रदेशसभा सचेतकसहित तीन जनाले उक्त पद अस्वीकार गरेका छन् । प्रमुख सचेतक सुन्दर विश्वकर्मा, कमलेश झा र कल्याणी चौधरीले ओली समूहले दिएको केन्द्रीय समिति पद अस्वीकार गरेका हुन् ।
नेकपा बारा जिल्ला कमिटीको सचिवसमेत रहेका विश्वकर्मा बारा क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित भएका थिए । उनले बुधबार प्रेस विज्ञप्ति जारीगरी आफू ओली समूहको केन्द्रीय सदस्य पदमा चयन भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त पदमा नरहेको जानकारी दिएका थिए ।
त्यस्तै नेकपाका प्रदेश सदस्यद्वय कमलेश झा र कल्याणी चौधरीले समेत केन्द्रीय सदस्य पद अस्वीकार गरेका हुन् । झाले पनि एक विज्ञप्ति जारी गरी पद अस्वीकार गरेका छन् भने कल्याणीले सामाजिक सञ्जालमा लेखेर पद अस्वीकार गरेको जानकारी दिएकी छन् । झा नेकपा सर्मथित मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ जिफन्टको प्रदेश कमिटी अध्यक्ष समेत हुन् ।
वीरगञ्ज कारागार भवन जीर्ण : क्षमताभन्दा बढी कैदीबन्दी

पोखरीमा डुबेर दुई जनाको मृत्यु

सिरहामा केहि दिनभित्रै रोपाइँ सकिने

मधेसको राजस्व सङ्कलनमा प्रगति

फलफूल खेतीतर्फ किसानको आकर्षण बढ्दो

महोत्तरीमा ढिलो गरी सुरु भएको रोपाइँ ७० प्रतिशत पुग्यो
पर्सा कारागारमा दरबन्दी छ, चिकित्सक छैनन्

प्रतिक्रिया