गाँजा तस्करीमा अमेजन इन्डिया तानियो, दुई व्यापारीविरुद्ध मुद्दा
नयाँ दिल्ली- गाँजा तस्करीमा अनलाइन किनमेल वेबसाइट एअमेजन प्रयोग भएको भन्दै सो कम्पनीका भारतीय व्यापारीविरुद्ध लागुपदार्थ कारोबारको मुद्दा दायर भएको छ । २० केजी गाँजा तस्करी गरेको आरोपमा गत साता पक्राउ परेका अमेजनका दुई जना व्यापारीहरुलाई मध्यप्रदेश प्रहरीले मुद्दा दायर गरेको हो ।
प्रहरीले अमेजन इन्डियामा कार्यकारी निर्देशकमाथि लागूऔषधसम्बन्धी कानुनअन्तर्गत मुद्दा चलाएको हो । उनीहरुले स्टिभियाको पात भन्दै अमजेनमार्फत भाङ बेचेका थिए ।
यसैबीच, अमेजनले एक विज्ञप्ति जारी गर्दै गैरकानुनी बस्तु बेच्न राख्न नपाइने भन्दै त्यस्तो कार्यमा संलग्न व्यापारीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । गैरकानुनी बस्तु बिक्री गरिएको विषयमा अनुसन्धान गरिएको पनि अमेजनले जनाएको छ । एजेन्सी

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

प्रतिक्रिया