तीन बालिका र एक बालकको उद्धार
सिन्धुली - सिन्धुलीमा उद्धार गरिएका एक बालक र तीन बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । प्रहरीले बालबालिका अभिभावकको जिम्मा लगाएको हो । आइतबार साँझ बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरबाट उद्धार गरिएका बालबालिकालाई प्रहरीले साेमबार अभिभावकको जिम्मा लगाएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका–६ मा डेरा बस्ने सिन्धुलीको कमलामाई नगरपालिका–२, दुधौली नगरपालिका–१ र लमजुङको मस्र्याङ्दी गाउँपालिका बालबाललिका–१ गरी चार बालबालिका अभिभावकको जिम्मा लगाइएको हो ।
कमलामाई नगरपालिका–१ घर भई सूर्यविनायक–६ बस्दै आएका १२ वर्षीय सुनिता भुसाल र सात वर्षीय रिदम भुसाललाई आमा कल्पना भुसालको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए ।
यस्तै, दुधौली नगरपालिका–१४ घर भएकी ११ वर्षीया अस्मिता तामाङलाई आमा सुनमायाँ तामाङको जिम्मा लगाइएको छ भने लमजुङ मस्र्याङदी गाउँपालिका–२ घर भएकी १३ वर्षीया सीमा तामाङलाई बुबा धनबहादुर तामाङको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
उनीहरु भक्तपुर सूर्यविनायक नगरपालिका–६ मा डेरा बस्दै आएकामा अभिभावकलाई कुनै जानकारी नदिई सिन्धुली आएको र सिन्धुलीबाट अलपत्र भएपछि पुनः काठमाडौँ जाने क्रममा प्रहरीले उद्धार गरी अभिभावकको जिम्मा लगाएको हो ।
राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा आफ्नो घरका अविभावक कोही कसैलाई नसोधी आफूखुसी घरबाट भागी हिँडेको उनीहरुले बताएपछि प्रहरीले अभिभावकलाई बोलाएको थियो । रासस

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया