कनकाइ प्लाइ फ्याक्ट्रीको आगलागी नियन्त्रण

झापा - झापाको बिर्तामोड नगरपालिका २ चैतुवारीस्थित एक प्लाइ फ्याक्ट्रीमा भएको आगलागी नियन्त्रणमा आएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याएका हुन् ।
सोही ठाउँ बस्ने विकास गोयलले सञ्चालन गरेको कनकाइ प्लाइ फ्याक्ट्रीको गोदाममा विधुतीय तार सर्ट भई आगलागी भएर करिब ४ करोड ५० लाख रूपैयाँ
बराबरको क्षति भएको बताइएको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश शनिश्चरेबाट सशस्त्र प्रहरी नायव निरीक्षक श्याम लिम्बुको कमान्डमा टोली परिचालन गरिएको थियो ।

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया