न्यायालय सुधारका लागि गठबन्धनले समान धारणा बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीशका विषयमा देखिएको समस्याबारे चासो राखेका छन् ।पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रधानन्यायाधीश र नेपाल बार एसोसिएसनको आन्दोलनका विषयमा चासो राखेका हुन् ।
‘राज्यका अंगमा देखिएको विवाद सकेसम्म आफैं हल गरून् भन्ने हो । यो विषय समाधानका लागि गठबन्धनको साझा धारणा बनाउनुपर्छ । हाम्रो धारणा संरचनागत सुधार हुनुपर्छ भन्ने हो । यो कुरा गठनबन्धनमा राख्छौं । राजनीतिक दलको भूमिका हुनुपर्ने कुरामा पहल गर्छौं,’ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीले सोमबार बुझाएको ज्ञापनपत्र बुझ्दै उनले भने ।
न्यायालयमा देखिएको समस्या संरचनात्मक समस्या रहेको भन्दै उनले अंशहरूमा भन्दा मूल समस्या कहाँ छ भन्ने हेर्नुपर्नेमा जोड दिए । कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोेजेको लगायतका आरोप लगाएर बार निरन्तर तीन साताभन्दा लामो समयदेखि आन्दोलित छ । जबरालाई महाअभियोग लगाउन माग गर्दै सोमबार नै बारले सभामुख अग्नि प्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई ज्ञापनपत्र बुझाएको छ ।

शिक्षा मन्त्री पन्तले विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन मागे साताको समय

कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हुनः प्रधानमन्त्री …

बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा

उर्जा मन्त्री खडकाले झोक्किदै भने, ‘तीन दिनभित्र फाइल छिनोफानो गर्नु'

सरकार मौन बस्दा प्रतिगामीले फुर्ति देखाएः प्रधानमन्त्री ओली
जेठको अन्तिमदेखि ग्वार्काे चोकको फ्लाइओभरमा गाडी आवतजावत हुनेः मन्त्री दाहाल

सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्ने

प्रतिक्रिया