जनकपुरको मिथिला डिपार्टमेन्टल स्टाेरमा भीषण आगलागी

जनकपुरधाम : जनकपुरधामको मिथिला डिपार्टमेन्टल स्टोरमा आगलागी भएको छ । जनकपुरधाम २ शिव चौकस्थित मिथिला डिपार्टमेन्टल स्टोरमा बिहीबार बिहान १० बजेदेखि लागेको आगाे याे समाचार तयार पार्दासम्म नियन्त्रणमा आएको छैन ।
आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा सक्रिय रहे पनि तीन घण्टाअघि लागेको आयो नियन्त्रणमा आउन सकेको छैन ।
आगो निभाउन धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगपालिका, विमानस्थल, महोत्तरीको जलेश्वर नगरपालिका, बर्दिबास नगरपालिकासहित आधा दर्जनभन्दा बढी बारुण यन्त्र परिचालन गरिएको छ ।
आधा दर्जनभन्दा बढी बारुण परिचालन गरिए पनि भीषण आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सो आगलागीमा ५ करोडभन्दा बढीको क्षति हुन सक्ने प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ । आगलागीमा चिनी, तेल, साबुन, लताकपडा, परफ्युम लगायतका घरायसी सामाग्रीहरु ठूलो मात्रामा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो निभाउने क्रममा आधा दर्जनभन्दा बढी शसस्त्र र नेपाल प्रहरी घाइते भएका छन् । सुरुमा बारुण यन्त्र नआएको र प्रहरीले बाल्टीमा पानी लिएर आगो निभाउने क्रममा उनीहरू घाइते भएको जिप्रका धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।
यसैबीच स्थानीय व्यवसायी र युवाहरूले जनकपुरधाम उपमहानगरपालिकाको लापरवाहीको कारण सामान्य आगलागी भीषण आगलागीमा परिणत भएको आरोप लगाएका छन् । उपमहानगरपालिका जस्ता निकायमा २/२ वटा वारुण यन्त्र भए पनि एउटा पनि संचालनमा नरहेको कारण बाहिरबाट वारुण यन्त्र मंगाउन समय लागेको कारण भीषण आगलागी भएको स्थानीयको आरोप छ । उनीहरूले उपमहानगरपालिका घेराउ गर्दै मेयर मेयर लालकिशोर साहविरुद्ध नाराबाजीसमेत गरेका छन् ।
वीरगञ्ज कारागार भवन जीर्ण : क्षमताभन्दा बढी कैदीबन्दी

पोखरीमा डुबेर दुई जनाको मृत्यु

सिरहामा केहि दिनभित्रै रोपाइँ सकिने

मधेसको राजस्व सङ्कलनमा प्रगति

फलफूल खेतीतर्फ किसानको आकर्षण बढ्दो

महोत्तरीमा ढिलो गरी सुरु भएको रोपाइँ ७० प्रतिशत पुग्यो
पर्सा कारागारमा दरबन्दी छ, चिकित्सक छैनन्

प्रतिक्रिया