आइतबार ११ जेठ, २०८२
Sunday, May 25, 2025

बैतडीमा जीप दुर्घटना

सांकेतिक फोटो

धनगढी - बैतडी सदरमुकाम गोठालापानीबाट त्रिपुरासुन्दरी तर्फ जाँदै गरेको जन्ती बोकेको बोलेरो जीप दुर्घटना भएको छ । जीप सडकबाट करिब ४ सय मिटर तल खसेको सूचना आएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख बामदेव गौतमले जानकारी दिए ।

उनका अनुसार प्रहरी घटनास्थलतर्फ लागेको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।